top of page
Search

चाहेको छ उस्ले

देवेन्द्र सम्वाहाम्फे, पूर्व अध्यक्ष कियाचू, अमेरिका

















चाहे  छाल  चाहे पत्कर  सम्झ

उस्को शरीरको नसा नसा बाट

उम्रेका ती मलिला मलजलले

सुख सम्बृदी पाउंनु थालेका छन्  !


उस्को सरीर बाट उब्जेका

ती हरियाली ,पारी ,पाखा

डाँडा ,काँडा , पाखा ,पखेरु

हर्स र उल्लासले गर्ब मान्न

थालेका का छन !


ओइलिन आँटेका फूलहरु

उस्को सरिरको नसा नसा

बाटउम्रेको ति मलिला मल

जलले मुहार फेर्न पाउंदा

खुसीले रमाउन थालेका छन !


टाईटानिक दुर्घटनामा डुबेकाहरु 

उस्को छाती माथि तैरिएर बाँच्न

पाउंदा आजकल उसको इतिहास

का पानाहरु चुम्न थालेका छन्  !


आकास बाट झरेको

चट्याङ्गले भत्काएका

धर्ती मर्मत गर्दा गर्दै

कति छिटो गरेटोहरू 

टुङ्गिनु लागेछन्!


पहिरोले बगाएका घरहरु 

मर्मत गर्दा गर्दै सुनामीले

लुटेका लासहरु खोज्दा

खोज्दै कति छिटो समयले

साथ दिन छाडेछ !


थकित पश्चात चौतारीमा

भारी बीसाउन खोज्दा

खोज्दै कती छिटो भरौटेहरु

भारी बिसाउनु आई पुगेछन् !


हिमश्रींखला र तराई को

फाँट तिर यात्रा गर्दा गर्दै

कती  छिटो गरेटो बाटोहरु

टुङ्गगीन आँटे छन् !


चाहे पत्कर भन चाहे छाल संझ

माहुते बाट उम्किएका  हात्तीहरु

एउटाई बथान भित्र राख्न

चाहेको छ ऊसले !


चाहे  स्वीकार चाहे अस्विकार

जालहारिले उम्काएका माछाहरु

एउटाई  पोखरी भित्र अटाउन

खोजेको उस्ले !!


 
 
 

Comments


kyc logo.png

 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

40-08 76th St,

Queens, NY 11373

+1-929-346-1635

kiratyakthungchumlungusa@gmail.com

silam sakma.png

© 2023 किरात याक्थुङ् चुम्लुङ अमेरिका 

bottom of page